Madhes Khabar
अन्तर्राष्ट्रिय

दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

काठमाडौं,५असोजःभारतको दिल्ली प्रान्तको नयाँ मुख्यमन्त्री आतिशी मार्लेनाले शनिबार शपथ लिएका छन् । उपराज्यपाल भीके सक्सेनासामू उनले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।्

आम आदमी पार्टीका अध्यक्ष तथा तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि गत मंगलबार बसेको आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई विधायक दलको नेता चुनेको थियो ।त्यही दिन आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् ।

शनिबार नै आपका सौरभ भारद्वाज,गोपाल राय,कैलाश गहलोत , इमरान हुसेन र मुकेश अहलावतलेपनि मन्त्री पदको शपथ लिएका छन् ।

 

Related posts

कश्मीरकाे पहलगाममा आतंकवादी हमला,नेपालीसहित १६ पर्यटक मारिएकाे पुष्टि

MadhesKhabar

हमासको आक्रमणबाट इजरायलमा धनुषाका आनन्दसहित १० नेपालीको मृत्यु

MadhesKhabar

भारतले पठाएकाे चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमाकाे कक्षमा प्रवेश

MadhesKhabar

Leave a Comment