Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गढीमाई मेलामा पशुबली नचढाउन आग्रह गर्दै कलैयामा निकालियो शान्तिपूर्ण र्‍याली

सिमरा,२९ भदौं: नजिकिँदै गरेको विश्वप्रसिद्ध गढीमाई मेलामा पशुबली नचढाउन आग्रह गर्दै पशु कल्याण संघ नेपाल र स्नेहाज केयरले शुक्रबार कलैयामा शान्तिपूर्ण र्‍याली निकालेको छ। गढीमाई मेलामा हुने पशुबलि निरुत्साहित गर्न अभियान सञ्चालन गर्दै आएको संघले सचेतनामूलक र्‍याली निकालेको हो।

बारा महिला विकास मञ्चको सहकार्यमा आयोजित उक्त र्‍यालीमा झण्डै चार सय महिला सहभागी थिए। ‘बलि पशुको होइन अन्धविश्वासको दिऔं’ भन्ने नारासहित जानकी मन्दिरबाट सुरु भएको र्‍याली कलैया बजार परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर सम्पन्न भएको थियो।

संघकी अध्यक्ष स्नेहा श्रेष्ठले गढीमाई मेलासहित देशभर हुने पशुबलीलाई निरुत्साहित गरौं भन्ने सन्देश प्रवाह गर्नका लागि शान्तिपूर्ण र्‍यालीनिकालिएको बताइन्। र्‍यालीमा स्थानीय महिलाले उत्साहजनक सहभागिता देखाएकोमा खुसी लागेको बताउँदै श्रेष्ठले गढीमाई मेलालाई हिंसारहित बनाउन समेत आग्रह गरिन्।

मनोकामना पूरा हुने अन्धविश्वासमा पशुको बली चढाउनेभन्दा पनि फलफुल, लड्डु, सिन्दुर चढाउनुपर्छ भन्ने सन्देश प्रवाह गराउन आफूहरू लागिपरेको श्रेष्ठको भनाइ छ। ‘गढीमाई मेला हिंसारहित हुनुपर्छ, पशुबली अन्त्य गर्नुपर्छ भनेर हामी लागिरहेका छौं,’ श्रेष्ठले भनिन्, ‘नागरिक सचेत हुँदै गएको पाएका छौं। सरोकारवाला निकायले पनि साथ दिइरहेका छन्।’

सर्वोच्च अदालतले समेत २०७३ सालमा पशुबलीलाई सहयोग वा प्रोत्साहन हुने कार्य सरकारका तर्फबाट नगर्न र त्यस्ता कार्यलाई निरुत्साहित गर्न गराउन भनि परमादेश जारी गरेको थियो। पशु कल्याण संघ नेपालले पशुबलीविरुद्ध सर्वोच्चको परमादेश कार्यान्वयनका लागि सरोकारवाला निकायलाई ताकेता गर्दै आइरहेको छ।साभारःअन्नपूर्णपोष्ट

Related posts

घणटघरकाे बत्ती चाेरी भएपछि मेयर सिंहले भने- मसंग कसैकाे रिस छ भने ममाथि नै उतारे हुन्छ

MadhesKhabar

पर्सा– १ मा उम्मेदवार बनेका ३० मध्ये २७ जनाको जमानत जफत

MadhesKhabar

मधेसका स्थानीय तहमा काम देखाएर आइकन बनेका महिला जनप्रतिनिधीहरु

MadhesKhabar

Leave a Comment