Madhes Khabar
स्थानिय

बाल दिवसको कार्यक्रममा मेयर सिंहले भने : बालबालिकाको शिक्षा र स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता

वीरगन्ज,२९भदौंः ६० औँ राष्ट्रिय बाल दिवस वीरगन्जमापनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।बाल दिवसका दिन शनिबार वीरगन्जमा‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नारासहित प्रभातफेरी निकाल्नुका साथै र सडक नाटक प्रदर्शन गरिएको हो ।

वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको प्रभातफेरी माइस्थान चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुन घण्टाघर चोकमै आएर सभामा परिणत भएको थियो ।प्रभातफेरीमा सहभागीहरुले ‘बाल संरक्षण, बालबालिकाको अधिकार, कसैले पनि नगरौँ दुव्र्यवहार’, ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’, ‘सुखी नेपाल, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ लगायतका नारा अंकित प्लेकार्ड समेत बोकेका थिए ।
प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई आफूहरुले प्राथमकितामा राखेर योजना बनाउनुका साथै काम गरिरहेको बताए ।

पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्नेमा आफूहरु सचेत रहेको उल्लेख गर्दै उनले लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति अंगिकार गरिएको समेत बताए।

यस्तै वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रकै भविष्य निर्धारण गर्ने हुँदा त्यसमा वीरगन्ज महानगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताए।बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार शोषण ,बालबिवाहजस्ता कूप्रचलनका घटनाहरु पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने दायित्व सबैको काँधमा रहेको भन्दै उनले त्यसका लागि सबैसँग वीरगन्ज महानगर हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताए।

उनले स्वास्थ्य तथा शिक्षामा बालबालिकाको पहुँच बृद्धि गर्दै उनीहरुको शैक्षिक अधिकार सुनिश्चित गर्न माध्यमिक तहसम्मको शिक्षा प्राप्तिमा महानगरले निशुल्क व्यवस्था मिलाएको पनि बताए ।

कार्यक्रममा लागु पदार्थ दुव्र्यसन र बालविवाहका बारेमा सचेतना फैलाउने सडक नाटक समेत बालबालिकाहरुले प्रदर्शन गरेका थिए ।वीरगंज महानगरपालिकाको आयोजना तथा टिपिओ नेपाल, आवर संसार र लाइफ नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु, माइती नेपालकी गोमा पौडेल, सामाजिक अभियन्ता अनिशकान्त कुशवाहाकासाथै बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बाल दिवसकै अवसरमा आइतबार महानगरका मेयर र उपमेयरसंग बालबालिकाको अन्तरसम्बाद कार्यक्रम राखिएको महानगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख रंजना पंडितले जानकारी दिइन् ।

Related posts

पोखरियाको सतवरीयामा ५०५ घरपरिवारलाई सिलिण्डरसहितको ग्याँस चुल्हो वितरण

MadhesKhabar

आरती साहकाे न्यायका लागि वीरगन्जमा जनमत पार्टीका युवाहरुकाे प्रदर्शन

MadhesKhabar

पर्साको पकाहामैनपुरमा दुई पक्षबीच झडप,१० जना घाईते

MadhesKhabar

Leave a Comment