Madhes Khabar
धर्म/संस्कृति

पैगम्बर माेहम्मदकाे जन्मदिन मनाउन मधेस प्रदेशमा भदाै ३१ गते सार्वजनिक विदा

वीरगन्ज,२८भदाैं:मुस्लिम धर्मका प्रवर्तक पैगम्बर माेहम्मदकाे जन्मदिनकाे उपलक्ष्यमा भदाैं ३१ गते मधेस प्रदेशमा सार्वजनिक विदा दिइएको छ।

मधेस प्रदेह सरकारकाे गृह,कनुन तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सुचना जारी गर्दै पैगम्बर माेहम्मदकाे जन्मदिनको उपलक्ष्यमा भदाैं ३१ गते साेमबारका दिन सार्वजनिक विदा दिने निर्णय मन्त्रीपरिषदकाे बैठकले गरेकाे जनाएको छ।

गृह मन्त्रालयका निमित्त प्रदेश सचिव सन्दीप कुमार सिंहले जारी गरेकाे सुचनामा भनिएकाे छ- मधेस प्रदेश सरकारकाे २०८० चैत ११ गतेकाे निर्णय अनुसार यसवर्ष पनि पैगम्बर माेहम्मदकाे जन्मदिनकाे उपलक्ष्यमा भदाैं ३१ गते साेमबार सार्वजनिक विदा दिने निर्णय भएकाे छ।

Related posts

वीरगन्जको पशुपति मन्दिरमा पूजा गर्दै मन्त्री रिजालले भने : मन्दिरको विकासका लागि सहयोग गर्छु

MadhesKhabar

देवादिदेव महादेवको पूजा आराधना गरी आज तीज पर्व मनाइँदै

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment