Madhes Khabar
मधेस प्रदेश

मन्दिरबाट लागू औषध गाँजासहित साधु पक्राउ

रौतहट,२७भदौं : रौतहटमा लागू औषध गाँजासहित एक साधु पक्राउ परेका छन् ।देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरीस्थित राम जानकी मठमा पूजापाठ गर्दै आएका साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मठका साधु यादवले मन्दिरबाटै गाँजा बेचबिखन गर्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि बुधबारराति ईलाका प्रहरी कार्यालय गोनाहीबाट प्रहरी टोली खटिएको थियो ।

उक्त प्रहरी टोलीले मन्दिरमा पुगेर चेकजाँच गर्दा साधु यादवले लुकाईछिछपाई राखेको करिब १ केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

यादवलाई इलाका प्रहरी कार्यालय गरुडाको हिरातमा राखेृर उनिविरुद्ध लागू औषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिइन् ।

 

Related posts

लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा २ हजारभन्दा बढी पशुहरु मरे

MadhesKhabar

मधेसमा बेथिति : विज्ञापन खुल्छ, जागिर पाइँदैन

MadhesKhabar

`माेहम्मद डे ´ मा भाेलि सार्वजनिक बिदा दिने मधेस सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment