
सर्लाही,८भदौंःसर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।ब्रह्मपुरी गाउँपालिका–२ स्थित रामजानकी मठको पोखरीमा शनिबार डुबेर त्यही गाँउका ६ वर्षीय अंकित साहको डुबेर मृत्यु भएको हो ।
घर नजिकैको पोखरीमा शनिबार नुहाउन भनेर गएका साहको डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।पोखरीमा डुबेका अंकितलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उनले बताए ।

