Madhes Khabar
खेलकुद

भारतलाई हराउँदै श्रीलंकाले जित्याे एसिया कपकाे उपाधि

काठमाडौं,१३साउन: भारतलाई पराजित गर्दै श्रीलंकाले महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनल खेलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गर्दै पहिलाे पटक एसिया कपकाे उपाधि उचालेकाे हाे । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाइन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाइन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् ।

कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् ।

रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् ।

श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।

भारतले एसिया कपकाे उपाधि सात पटक जितेकाे छ ।

महिला एसिया कपको इतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि सन् २०१८ को एसिया कपको फाइनलमा भारत बंगलादेशसंग पराजित भएको थियो ।

Related posts

कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता बैशाख २३ देखि

MadhesKhabar

मधेसमा क्रिकेट खेलकाे विकासका लागि प्रदेश सरकार लागेकाे छ : खेलकुदमन्त्री जयसवाल

MadhesKhabar

अन्तर्राष्ट्रिय भेट्रान फुटबलमा आज पर्साकाे भिडन्त काठमाडौंसंग

MadhesKhabar

Leave a Comment