Madhes Khabar
समाचार

नेतृत्वको असक्षमताका कारण पत्रकार महासंघकाे चुनाव फेरि स्थगित

काठमाडौं,२१असार:नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै असार २२ गते शनिबारका लागि निर्धारित निर्वाचन स्थगित भएको जनाएको हो ।

समितिले भनेको छ, ‘निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’

पत्रकार महासंघले यसअघि जेठ २६ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । उक्त समयमा निर्वाचन स्थगित गर्दै महासंघले यही असार २२ गते शनिबारका दिन मतदानको समय तय गरेको थियो । तर विविध कारणले उक्त समयमा पनि मतदानको कार्यक्रम गर्न नसकिने महासंघको निर्वाचन समितिले जनाएको छ ।

Related posts

पर्साको पदमौल गम्हरियामा प्रहरीको छापा :१५ केजी गाँजासहित रफिक पक्राउ

MadhesKhabar

बाराको अमलेखगञ्जमा फेरि अफिमसहित दुई युवक पक्राउ

MadhesKhabar

सल्यानमा जिप दुर्घटना हुदा ८ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment