Madhes Khabar
स्थानिय हेडलाइन

हात्तीको दारा खरिदबिक्री गर्ने गिराेहका तीन जना ठाेरीबाट पक्राउ 

वीरगन्ज,७असार:पर्साकाे ठाेरीबाट प्रहरीले हात्तीको दारासहित तीन जनालाई पक्राउ गरेको छ।
ठाेरी गाँउपालिका वडा नम्बर ४ बिजयवस्तीकाे गाेरखपुर टाेलबाट प्रहरीले हात्तीकाे दुई थान दारासहित तीन जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा ठोरी-४ विजयबस्ती गुम्बालाइनका ४१ बर्षिय कुइसंग लामा,वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपराका ४० बर्षिय  प्रेम शर्मा र वीरगन्ज-३१ का अमिरीलाल महतो रहेका छन् ।
ठाेरी-४ गाेरखपुर टाेलमा अपरिचित व्याक्तिहरुले हात्तीकाे दारा बिक्री गर्नका लागि ग्राहक खाेजी रहेकाे सुचना प्रहरीलाई प्राप्त भएको थियाे।त्यहि सुचनाकाे आधारमा गाेप्य रुपमा खटिएको प्रहरी टाेलीले हात्तीकाे दारा पत्ता लगाउने क्रममा शुक्रबार बिहान ६ बजे ठोरी-४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर गाडेकाे अवस्थामा अन्दाजी  २१/२१ केजी ताैलका दुई थान हातीको दारा बरामद गरेकाे र त्यसमा संलग्न तीन जनालाई पनि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले जानकारी दिए।
हात्तीको दारासहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साकाे हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।

Related posts

एक महिनामा ६ पटक बढ्याे पेट्रोलियम पदार्थको भाउ

MadhesKhabar

वीरगन्जबासीको पर्वका रुपमा स्थापित हुदैं ‘गहवामाई रथ यात्रा’ (फोटो फिचर)

MadhesKhabar

बाराकाे मुसहर बस्तीमा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

MadhesKhabar

Leave a Comment