Madhes Khabar
समाज हेडलाइन

अस्पतालको शैयाबाट दाईको अपिल : पैसा नहुदाँ भाईको उपचार गर्न सकिएन, सहयोग गरिदिनुस्

वीरगन्ज,२५जेष्ठःक्यान्सर रोगबाट ग्रसीत भई अस्पतालको आइसियुमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वाका एक युवकको उपचारमा आर्थिक सहयोग गरिदिन उनका परिवारजनले सार्वजनिक अपिल गरेका छन् ।

घडिअर्वाका २५ बर्षिय युवक मुख्तार मियाँ तेली चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा विगत ५ दिन पहिले भर्ना आईसियुमा उपचाररत छन् ।तेलीको घरको आर्थिक अवस्था निक्कै दयनीय छ । जसका कारण उनको उपचार खर्च जुटाउन नसक्दा उपचारमै समस्या भइरहेको परिवारजनले बताएका छन् ।

तेलीका दाई समेत रहेका वीरगन्जका सकृय पत्रकार जाकिर हुसेनले शुक्रबार सामजिक सञ्जाल फेसबुकमा अस्पतालको शैयामा रहेका तेलीको तस्बिरसहितको फोटो राखेर उपचारका लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरेका हुन् ।

आर्थिक सहयोग गर्न चाहने ईच्छुक मनकारी दाताहरुले जाकिर मियाँ तेलीको ग्लोबल बैंकमा रहेको खाता नम्बर ११०७०१००१८२१४ मा आफनो स्वच्ेछा अनुसारको रकम जम्मा गर्न सक्ने वा मोबाइल नम्बर ९८१२२२००३८ मा फोन गरेर सम्पर्क गर्न सकिने जाकिरले बताएका छन् ।

Related posts

वीरगन्जमा आयाेजित कार्यक्रममा ५५ जनाले गरे रक्तदान

MadhesKhabar

महिला हिंसा विरुद्ध घण्टाघरमा सडक नाटक प्रदर्शन

MadhesKhabar

बमसहित पर्सा-२ का नेकपा उम्मेदवार चौधरी पक्राउ

MadhesKhabar

Leave a Comment