
काठमाडौं,२४जेष्ठःनेपाली बजारमा सुनको मूल्य आज(बिहीबार) एकैदिन १८ सय रुपैयाले बढेको ।हिजो (बुधबार)को तुलनामा आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेर डेढ लाखनजिक पुगेको छ ।
हिजो प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेको छ। हिजो एक हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ८ सय ५० सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।