Madhes Khabar
राष्ट्रिय

कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुठाे

तस्बिर :चितवन राष्ट्रिय निकुञ्ज ।

काठमाडाैं,१३बैशाख: कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।

यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती हात्ती नगएका हुन् ।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयकाअनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । त्यसैले कतारमा हात्ती पठाउन केही ढिलाइ हुने मन्त्रालयले जनाएको छ ।

यसैबीच कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको थाहा भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले उज्यालोलाई दिएको जानकारीअनुसार ती हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै छन् ।

कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म ती हात्ती निकुञ्जमै रहने उनले स्पष्ट पारे। सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालका नभएको पनि उनले जानकारी दिए ।साभार:उज्यालो

Related posts

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

MadhesKhabar

मधेससँगै मुलुकभर चिसो बढेको भन्दै सतर्कता अपनाउन सरकारको आग्रह

MadhesKhabar

पर्साका सुकुम्बासीको समस्या सामधानका लागि आयोग र पालिकाहरु बिच सम्झौता

MadhesKhabar

Leave a Comment