Madhes Khabar
राष्ट्रिय

कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुठाे

तस्बिर :चितवन राष्ट्रिय निकुञ्ज ।

काठमाडाैं,१३बैशाख: कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।

यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती हात्ती नगएका हुन् ।

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । कतारलाई हात्ती दिने विषयमा साईटीसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयकाअनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । त्यसैले कतारमा हात्ती पठाउन केही ढिलाइ हुने मन्त्रालयले जनाएको छ ।

यसैबीच कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको थाहा भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले उज्यालोलाई दिएको जानकारीअनुसार ती हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै छन् ।

कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म ती हात्ती निकुञ्जमै रहने उनले स्पष्ट पारे। सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालका नभएको पनि उनले जानकारी दिए ।साभार:उज्यालो

Related posts

आत्मदाह गरेका प्रेमप्रसादलाई कृषि शहीद घोषणा गर्नु पर्ने परिवारको माग

MadhesKhabar

पर्सागढीमा अव्यवस्थित बसोबासको समस्या सामधान गर्न प्रधानमन्त्री प्रतिबद्ध

MadhesKhabar

विपिन जोशी जीवित नरहेको परिवारलाई इजरायली सेनाले जानकारी गरायो

MadhesKhabar

Leave a Comment