Madhes Khabar
मधेस प्रदेश

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद, जीवितै उद्धार गरिएकी बालिकाको मृत्यु

सांकेतिक फोटो ।

जनकपुर,६बैशाख :जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा बुधबारराति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार युवतीको शव नजिकैबाट एक बालिकाको जीवितै उद्धार गरिएको थियो ।तर जीवितै उद्धार गरिएकी ती बालिकाको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अवाले बताए ।

’स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव भेटिएको थियो। त्यही छेउबाट अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको थिया’, उनले भने,‘ तर जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।’

मृत्यु हुने युवती महोत्तरीको मनरासिसवाकी अन्दाजी २२ वर्षीया प्रियंका महतो रहेको अवाले बताए। युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

नागरिकता विधेयक रोकेकोको विरोधमा राष्ट्रपतिको पुत्ला दहन

MadhesKhabar

धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी परे

MadhesKhabar

सोनरनियामा करेन्ट लागेर एक बालकको मृत्यु

MadhesKhabar

Leave a Comment