Madhes Khabar
धर्म/संस्कृति

बाराको हरपुरमा श्रीराम जानकी मन्दिरको शिलान्यास

बारा,३बैशाखःबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा निर्माण गर्न लागिएको श्रीराम जानकी मन्दिरको शिलान्यास गरिएको छ । सोमबार मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले मन्दिरको शिलान्यास गरेका हुन् ।

जीतसिमरा उपमहानगरपालिकाको नगरस्तरीय बजेटबाट १५ लाख रुपैयाँको लागतमा हरपुरमा श्रीराम जानकी मन्दिरको निर्माण गर्न थालिएको हो । उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको मन्दिरको निर्माण कार्य यहि बैशाख १५ गतेभित्र सक्ने गरि सझौता गरिएको समितिका सदस्य अशोक प्रसाद यादवले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा मन्दिर निर्माण उपभोक्ता समितिका पदाधिकारी,सदस्य, स्थानीय समाजसेवी लगायतकोपनि सहभागीता रहेको थियो ।

Related posts

अयोध्याको राम मन्दिरका मुख्य आचार्यले भने : वीरगन्जका मेयरको चर्चा अयोध्यासम्म पनि पुगेको छ

MadhesKhabar

गृहमन्त्रि खाँडले गरे हजयात्रीको विदाई

MadhesKhabar

छठ माई प्रति वीरगन्जका मेयर सिंहकाे अगाध आस्था: दउरा बाेकेर छठघाटमा पुगे, सुर्य भगवानलाई दिए अर्घ

MadhesKhabar

Leave a Comment