Madhes Khabar
समाचार

अमलेखगञ्जमा डियुटीमा रहेका ट्राफिक प्रहरी जवानको बसकाे ठक्करबाट मृत्यु

वीरगन्ज,२४चैत:बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति डियुटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।

अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।

प्रहरी जवानलाई ठक्कर दिएको बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको छ ।साभार:नयाँपत्रिकाबाट

Related posts

मकवानपुरमा गाडी दुर्घटना हुदा चार जनाको मृत्यु

MadhesKhabar

बारामा मोटरसाइकल बसमा ठोक्किदा एक महिलाको मृत्यु

MadhesKhabar

विरोध र प्रदर्शनका बिच पर्सागढी नगरपालिकाको नगरसभा सम्पन्न

MadhesKhabar

Leave a Comment