Madhes Khabar
खेलकुद

लगातार दुई खेल जित्दै मधेस राष्ट्रिय कबड्डी प्रतियोगिताको सेमिफाइनलमा

वीरगन्ज,२० चैत : मधेस प्रदेश, राष्ट्रिय कबड्डी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नवलपरासीमा जारी मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगितामा मंगलबार भएको दुवै खेलमा सानदार जीत हात पार्दै मधेसले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

मंगलबार अपरान्ह भएको दोश्रो खेलमा मधेसले कोशी प्रदेशलाई ५५–२१ ले हराएको हो । यसअघि मंगलबार नै बिहान भएको पहिलो खेलमा मधेसले कर्णली प्रदेशलाई ५४–३६ ले पराजित गरेको थियो ।

अब फाइनल प्रवेशका लागि मधेसले बुधबार हुने कोशी र लुम्बिनी प्रदेशबिचको विजेतासंग सेमिफाइनलमा प्रवेश गर्ने कबड्डीका प्रशिक्षक आकाश पटेलले जानकारी दिए । प्रतियोगितामा सात वटै प्रदेशका पुरुष टिम सहभागी छन् ।

Related posts

भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा

MadhesKhabar

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी

MadhesKhabar

शिखर धवनको टिम कर्णालीको पहिलो जित, चितवन ६ विकेटले पराजित

MadhesKhabar

Leave a Comment