Madhes Khabar
प्रविधि

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौं,१५चैतःनेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यही मार्च ३० अर्थात् आगामी शनिबारदेखि तीन महिनाका लागि भारतको बजारबाट पाँच सय ५४ मेगावाट बिजुली आयात सम्झौता भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । उनका अनुसार पाँच सय मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर र ५४ मेगावाट बिजुली टनकपुरतर्फको प्रसारण लाइनमार्फत आयात गरिने छ ।

सुक्खायामका कारण बिजुली उत्पादन घटेकाले थप बिजुली आयात गर्न लागिएको प्रवक्ता घोषले बताए ।अहिले कुल तीन हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिए पनि मुस्किलले १२ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

नेपालले बर्षायाममा केही मात्रामा बिजुली भारत निर्यात गर्दै आएको भएपनि सुक्खायाममा कम्तीमा ४० प्रतिशत ऊर्जा भारतसँग किन्छ । यसअघि नेपालले भारतीय ऊर्जा बजारबाट बिजुली किन्न पाउने अनुमतिको म्याद सकिन लागेको तर त्यसको नवीकरणमा ढिला भएकाले नेपालमा ऊर्जा सङ्कट उत्पन्न हुन सक्ने चिन्ता व्यक्त भएको थियो ।

Related posts

दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी

MadhesKhabar

वीरगन्जमा दृष्टीविहीनलाई दिइयो कम्प्युटर तालिम

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

Leave a Comment