Madhes Khabar
प्रविधि

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौं,१५चैतःनेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यही मार्च ३० अर्थात् आगामी शनिबारदेखि तीन महिनाका लागि भारतको बजारबाट पाँच सय ५४ मेगावाट बिजुली आयात सम्झौता भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । उनका अनुसार पाँच सय मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर र ५४ मेगावाट बिजुली टनकपुरतर्फको प्रसारण लाइनमार्फत आयात गरिने छ ।

सुक्खायामका कारण बिजुली उत्पादन घटेकाले थप बिजुली आयात गर्न लागिएको प्रवक्ता घोषले बताए ।अहिले कुल तीन हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिए पनि मुस्किलले १२ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

नेपालले बर्षायाममा केही मात्रामा बिजुली भारत निर्यात गर्दै आएको भएपनि सुक्खायाममा कम्तीमा ४० प्रतिशत ऊर्जा भारतसँग किन्छ । यसअघि नेपालले भारतीय ऊर्जा बजारबाट बिजुली किन्न पाउने अनुमतिको म्याद सकिन लागेको तर त्यसको नवीकरणमा ढिला भएकाले नेपालमा ऊर्जा सङ्कट उत्पन्न हुन सक्ने चिन्ता व्यक्त भएको थियो ।

Related posts

भारतीय कम्पनी ‘एयरटेल’को लिंकमा आएको समस्याले गर्दा नेपालमा इन्टरनेट सेवा प्रभावित

MadhesKhabar

विदेशबाट फर्केका युवाहरुका लागि तालिम संचालन

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment