Madhes Khabar
कृषि हेडलाइन

बारामा यस बर्ष करिब ११ अर्बको धान उत्पादन

फाइल फोटो

बारा,८चैत:यस बर्ष बारा जिल्लामा करिब पौने ११ अर्ब रुपैयाँ बराबरको दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको छ।

यस बर्ष बारा जिल्लाका विभिन्न भेगमा गरेर ६२ हजार २० हेक्टर क्षेत्रफलमा चैते, भदैया र अगहनी धान खेती भएकोमा दुई लाख ७१ हजार ६२ मेट्रिक धान उत्पादन भएकाे कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

चालु आर्थिक वर्ष ०८०/०८१ का लागि जिल्ला समन्वय समितिको बैठकले ४० रुपियाँ प्रतिकिलो धानको मूल्य निर्धारण गरेकोमा सोही अनुसार यो वर्ष बारामा १० अर्ब ८४ करोड २४ लाख ८० हजार बराबरको धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामजीवन ठाकुरले जानकारी दिए।

जिल्लाका कृषकले यस बर्ष ३४ हजार १२० हेक्टर क्षेत्रफलमा अगहनी धान खेती गरेर एक लाख ३९ हजार ८९२ मेट्रिक टन धान उत्पादन गरेका छन्।

यसैगरी ११ हजार नौ सय हेक्टर क्षेत्रफलमा भदैया धान खेती गरेर ५१ हजार १७० मेट्रिक टन भदैया धान र १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेर ८० हजार मेट्रिक टन धान उत्पादन गरेको उनले बताए ।

गत–आर्थिक वर्ष २०७९/०८० मा भने बारामा चैते, भदैया र अगहनी गरी ६ अर्ब १४ करोड ९८ लाख ६२ हजार ५ सय बराबरको दुई लाख ५० हजार ४७४.५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका निमित्त कार्यालय प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिएका थिए ।

उनका अनुसार गत बर्ष ३४ हजार ११५ हेक्टर क्षेत्रफलबाट एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन अगहनी धान , ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा ५१ हजार १९१.५ मेट्रिक टन भदैया धान र १४ हजार हेक्टर क्षेत्रफलबाट ५६ हजार मेट्रिक टन चैते धान उत्पादन भएको थियो।

Related posts

वीरगन्ज चिनी कारखाना सन्चालनमा ल्याउन उद्योगमन्त्री रिजालसंग पर्साका किसानहरुको आग्रह

MadhesKhabar

वीरगन्जको मधेसी शहिद स्मारकमा पुगे रास्वपा उम्मेदवार कानु,शहिदका सालिकमा दिए श्रद्धाञ्जली

MadhesKhabar

स्वतन्त्रबाट चुनाव जितेका पर्साका प्रदेश सांसद जयसवाल एमाले प्रवेश गरेर मन्त्री पड्काउन सफल

MadhesKhabar

Leave a Comment