
भाेजपुर,३चैत:भोजपुरमा शनिबार भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ।भाेजपुरकाे हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा परेर उनिहरुकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी दिपशिखा कार्की र ३ वर्षका दियुनिष कार्की रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी भएको भाेजपुरका प्रहरी नायब उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे पाठकले बताए ।

