Madhes Khabar
काेशी प्रदेश

बालिकालाइ बलात्कार गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

मधेसखबर
वीरगन्ज,२८जेठः बालिकालाई बलात्कार गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।
अनाथालयकै बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।
राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको श्रेष्ठले बताए । चौहान माथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।

Related posts

भारतबाट मानव कंकाल लिएर आउँदै गरेका राय पक्राउ

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

धरानमा ब्रेक फेल भएर बस दुर्घटना हुदाँ ५ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment