Madhes Khabar
स्थानिय

मधेसका महिला र सिमान्तकृत समुदायलाई लक्षित गरी सञ्चालित ७ महिने फेलाेसिप सम्पन्न

वीरगन्ज,१४फाल्गुन:मधेसका सिमान्तकृत समुदाय र महिलालाई लक्षित गरी सञ्चालित सात महिने फेलोसिप कार्यक्रम सोमबार सम्पन्न भएको छ । वीरगन्जमा आयोजित एक कार्यक्रमकामा उपलब्धी र चुनौतीको समिक्षा तथा समाचार संगालो पुस्तक सार्वजनिक गर्दै फेलोसिप सम्पन्न भएको हो ।

द एसिया फाउण्डेशन, युएसएआइडी र सञ्चार (सिएसएम) कार्यक्रमको मिडिया च्यालेञ्ज फण्डको सहयोगमा हाम्रो अभियान पर्साले मधेस प्रदेशका तीन जिल्लामा फेलोसिप कार्यक्रम संचालन गरेको थियो । फेलोसिप कार्यक्रममा बारा, पर्सा र रौतहटका १० जना पत्रकार सहभागी थिए ।

फेलोसिप समापन कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका उद्योग राज्य मन्त्री रहबर अन्सारीले लोकतन्त्र रक्षाका लागि पत्रकारिताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले पत्रकारिता ऐना भन्दा पनि पानी जस्तो हुनुपर्ने बताएका छन् अन्सारीले निष्पक्ष पत्रकारिता आजको आवश्यकता रहेको बताए ।

फेलोसिप समापन कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, युएसआईडीका प्रतिनिधि मारिया मारिया टेलेवान्टोस, सुमित्रा मानन्धर, विश्वास राणा, एसिया फाउण्डेशनका प्रतिनिधि अजय दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलगायतले मन्तब्य राख्दै फेलोसिपको महत्वबारे चर्चा गरेका थिए ।

समापन कार्यक्रममा हाम्रो अभियान पर्साका प्रमुख शिवनाथ यादवले महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरुको क्षमता अभिवृद्धि गराइ सञ्चार क्षेत्रमा सहभागिता बढाउने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको र सफलता प्राप्त भएको बताए ।

‘हामीले जुन उदेश्य लिएका थियौं, त्यो सफल भयो भन्नेमा विश्वस्त छौं’ यादवले भने ‘ एक वर्षे अवधीमा तीन जिल्लाका १० जना पत्रकार दक्ष भएका छन् । लक्षित वर्गका विषय उठान गर्न सक्ने भएका छन् ।’ यादवले फेलोसिपमार्फत उठाइएका मुद्धालाई सरोकारवाला निकायले गम्भीरतापूर्वक लिएको र सुधारका लागि कार्यान्यवन समेत गरेको बताए ।

कार्यक्रममा सात महिनाकाे अवधिमा सहभागीले उठान गरेका खोजमूलक सामग्रीहरु समावेश गरी प्रकाशन गरिएको समाचार संगालो नामक पुस्तक विमोचनसमेत गरिएको थियो ।साभार:इशीलालेखबाट

Related posts

याैनजन्य गतिविधिमा संलग्न रहेकाे आशंकामा वीरगन्जबाट २९ जना पक्राउ

MadhesKhabar

पर्सामा बाघको आक्रमणबाट एक युवक घाइते

MadhesKhabar

अनेरास्ववियु पर्साको अध्यक्षमा रेयाज अन्सारी चयन

MadhesKhabar

Leave a Comment