Madhes Khabar
स्थानिय हेडलाइन

सडक बनेको दुई बर्ष बित्दापनि मुआब्जा नपाएपछि बाराका पिडितहरु आन्दोलित

बारा,१०फाल्गुनःबाराको तामागढी–सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हालसम्म नदिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन्।

सरकारलाई पटकपटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिको अगुवाइमा स्थानीयले सडक बन्द गरेर आन्दोलन गरेका हुन्।

तामागढीको प्रस्थान विन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरूले आन्दोलन गरिरहेका छन्। पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

तामागढी–सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा २०७८ चैत १८ गते निर्माण सम्पन्न भएको थियो। जसमध्ये ३९.७५ किलोमिटर सडक विस्तार गर्दा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो। तर, हुलाकी सडक निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दासमेत मुआब्जा नदिएपछि स्थानीय आन्दोलित भएका हुन्।

आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी छन्।साभारः नयाँपत्रिकाबाट

Related posts

वीरगन्जमा दुई बसमा आगलागी प्रकरणमा एसपी भन्छन् : बसका साहुलाई प्रहरीले पक्रेको छैन

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको प्रशासनिक भवनको काम बजेट अभावले प्रभावित

MadhesKhabar

बैंकहरुले भदौमा पनि घटाए ब्याजदर

MadhesKhabar

Leave a Comment