Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्ज आएर पूर्वराजा ज्ञानेन्द्रले गरे उदघोष : देशलाई निकास दिन अब अगाडि सर्ने बेला आइसक्यो

वीरगन्ज,१३माघ : पूर्वराजा ज्ञानेन्द्र शाहले बढ्दो बेथिती र अन्यौलताबाट देशलाई निकास दिन अगाडि सर्ने बेला अब आइसकेको उद्घोष गरेका छन् । शनिबार वीरगन्जमा आयोजित स्वागत र नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले घुमाउरो पारामा अब देशमा पुन राजतन्त्रको आवश्यकता भइसकेको उद्घोष गरेका हुन् ।

मुलु्कमा विद्यमान राजनीतिक अन्यौलता र अस्थितरता प्रति नै लक्षित झण्डै १३ मिनेटको सम्बोधनमा पूर्वराजा शाहले भने,‘ २०६५ जेठ २९ मा आफनो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनु पर्दा मैले त्यसबेला व्यक्तm गरेको राष्ट्रप्रेम ,राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले अहिले सान्दर्भिक रुपमा सम्झिरहेको छु।’

राजतन्त्रको विदाईपछि गणतन्त्र स्थापना भए यताको पछिल्लो १५ वर्षको अवधिमा जनतामा असन्तोष,चिन्ता र आक्रोश छताछुल्ल भएको उनले बताए । उनले भने,‘ राजदरबार परित्याग गर्दा २०६५ जेठ २९ गते नै मैले भनेकै थिए–देशमै बसेर नेपालको वृहतर हित र शान्तिका लागि योगदान पु¥याउन चाहन्छु ।स्वाभीमानी नेपालीको समग्र हित होस् कामना छ । हाम्रो राष्ट्रप्रेम र राष्ट्रिय सदाशयता कायम नरहदा देशमा विषम परिस्थिती बढ्दै जान्छ र त्यस्तो विकृतिबाट आम जनातामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यतिखेर कै आकलन हो ।वितेका १५ वर्षपछि आज त्यहि असन्तोष , चासो ,चिन्ता र आक्रोश सर्वत्र छताछुल्ल भएको छ ।

आजपनि आफुहरुले देशमै रहेर देशको गौरवगाथा गाइरहेको तथा अहिले पनि देशको उन्नती , सबै देशबासीको विकास हुदै जाओस् भन्ने भावना आँफुहरुमा कायमै रहेको उनले बताए ।आफनो मौििलकता र पहिचान गुमाएर देशलाई विभाजनको खाडलमा लगेर देशमा सनातनदेखि रहदैं आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो नहुने उनको कथन थियो । त्यसैले राज्यव्यवस्था , राजनीतिक, अर्थ व्यवस्था र राजनीतिक दूरावास्था सबैको मूयांकन गरेर ती सबैको सुधार गरी सबैको विकास र सबै समस्याको निकासको बाटोमा अब अगाडि बढ्नु पर्ने बेला आइसकेको उनले बताए ।

पूर्वराजा शाहले राजदरबार हत्यकाण्डपछि आँफुले सात वर्षसम्म राष्ट्र प्रमुखको हैसियतामा आफनो दायित्व निर्वाह गरेको जिकिर गरे ।तत्कालको अप्ठयारो विषम परिस्थितीमा पनि देशको थप बर्बादी नहोस् र प्रजातन्त्रका मान्यता कायमै राखेर आँफुले त्यस बेला राष्ट्र प्रमुखको जिम्मेवारी निभाएको उनले बताए ।

उनले भने,‘ २०५८ मा घटेको विनाशकारी घटना हाम्रो परिवारका लागि कहालाग्दी थियो । तर त्यसबेला राजनीतिक जालझेल गरी हामी प्रति नेपालीको मनमा अनेक भ्रम र नकरात्मक भवाना फैलाइयो ।हाम्रो परिवारलाई घातक प्रहारपनि भयो ।तर सत्य सधै सत्य नै हुन्छ । असत्यको विजय कहिल्यैपनि हुदैन ।’

उनले थपे,‘ देश बचाउन र बनाउनका लागि जनताका तर्फबाट निरन्तर आवाज हामी माथि पनि आइरहेको छ ।देशमा विद्यमान समस्याको निदान हामी आँफैबाट हुने हो । अरुले आएर गरिदिने होइन । तर दुखका साथ भन्नु पर्छ आज हाम्रो देश उजाड र खोक्रो बन्दै गइरहेको छ ।यो अवस्थाको अन्त्य गर्नै पर्छ । यसका निम्ति अब सोच्ने बेला आएको छ । देशलाई झन् झन् बर्बादी तिर नलैजाऔं ।’
उनले विभेद , विखण्डन , विग्रह र निषेधको राजनीति त्याग्न अपिलपनि गर्दै यसमै देश र देशबासीको भलो रहेको पनि बताए ।

पछिल्लो दुई तीन दशक यता अवसर र रोजगारीको अभावले तराई–मधेसको जनशक्ति पातलिदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘ मधेस उजाड बन्दै गइरहेको छ । मरुभूमीकरण तर्फ अग्रसर देखिन्छ । यो गम्भिर कूरा हो । रोजगारी र अवसर दिन नसक्दा हाम्रो जमिन , श्रोतसाधन सबै सुक्दै जनशक्ति पातलिदै गएको छ । यो दुखको कूरा हो । त्यसका लागि अब सबैले सोचौं ,समीक्षा गरौं ।’

नेपाली कांग्रेसका पूराना नेता तथा नेविसंघका संस्थापक देबेन्द्रलाल नेपालीको अध्यक्षतामा गठित स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितितले आयोजना गरेको कार्यक्रममा पूर्वराजा शाहसंगै पूर्वरानी कोमल शाहसहित पूर्वराज परिवारका सदस्यलाई नागरिक अभिनन्दन गरिएको थियो ।

पुष २३ गतेदेखि बाराको सिमरास्थित प्रभु निवासमा सपरिवार बस्दै आएका पूर्वराजा शाह शनिबार सिमराबाट आँफै गाँडी हाँकेर वीरगन्जको कार्यक्रममा आएका थिए ।

 

Related posts

नागरिकता विधेयक अगाडि बढाउने सरकारकाे तयारी

MadhesKhabar

सर्वाेच्चकाे अल्पकालीन आदेशले नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण कार्य सुरु नहुदै राेकियाे

MadhesKhabar

यूएईविरुद्ध कीर्तिमानी जित हात पार्दै नेपाल विश्वकप क्वालिफायरमा

MadhesKhabar

Leave a Comment