Madhes Khabar
स्थानिय

वीरगन्ज: माेटरसाइकल दुर्घटनाका मृतक दुवै जनाकाे पहिचान खुल्याे

वीरगन्ज,०७माघ:वीरगन्जमा आइतबार बिहान भएकाे माेटरसाइकल दुर्घटनामा मृत्युु भएका दुवै युवककाे पहिचान खुलेकाे छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको यमहा कम्पनिकाे आर १५ माेटरसाइकल दुर्घटना हुदाँ त्यसमा सवार दुवै जनाकाे घटनास्थलमै मृत्युु भएकाे थियाे ।
मृतक दुवै जना वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबिबिएस अध्यनरत विद्यार्थी रहेकाे प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नेशनल मेडिकल कलेजमा अध्यनरत बाराकाे हर्दिया घर भएका २३ वर्षिय सन्दीप यादव र धनुषाकाे सबैला घर भएका २३ वर्षिय सुमित यादव रहेकाे प्रहरीकाे भनाई छ।

भिस्वाबाट भेडियाही जाने बाटाेमा उक्त माेटरसाइकल आँफै अनियन्त्रित भएर दुर्घटनामा परेकाे पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

मृतक दुवैकाे शव घटनास्थलबाट मुचुल्का उठाएर पाेष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटना बारे थप अनुसन्धानका भइरहेकाे उनले बताए ।

Related posts

पर्सामा काँग्रेसले फर्कायाे पुरानाे साख : ७ मध्ये ५ उम्मेदवार विजयी

MadhesKhabar

पर्साको पाण्डेपुरमा आगलागी हुदाँ घर जलेर नष्ट

MadhesKhabar

पर्सा : गुनासो गर्न गएका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर कुटे

MadhesKhabar

Leave a Comment