Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान तिब्र

फाइल तस्बिर ।

वीरगन्ज,२६पुषः पर्सामा प्रहरीले लागूऔषध गाँजाको खेती नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ । जिल्लाको विभिन्न स्थानमा लुकीछिपी अवैध रुपमा गरिएको गाँजा खेती जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी कार्यालय र चौकीमार्फत अभियान नै चलाएर नष्ट गर्दै आइरहेको हो ।

यसैक्रममा पर्सागढी नगरपालिका वडा नम्बर २ स्थित सिंग्याही नदिको बगर छेउमा करिब डेढ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरि नष्ट गरेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीले बताए । उक्त स्थानमा करिब आठ सय गाँजाको बोट गाँजा फाँडेर नष्ट गरिएको उनले बताए ।उनका अनुसार , प्रहरी चौकी मनवाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले गाँजाको बोट फाँडेर नष्ट गरेको हो ।

यसअघि बुधबारपनि प्रहरीले पर्साकै जीराभवानी गउँपालिका वडा नम्बर २ सेढवा र वडा नम्बर ३ जितपुर टोलमा लगाइएको गाँजा खेती फाडेर नष्ट पारेको थियो ।बुधबार १ हजार ८ सय वटा गाँजाको बोट गाँजा फडानी गरी नष्ट पारिएको प्रहरी निरिक्षक केशरीले बताए । जिल्लाको कुनैपनि स्थानमा कसैलेपनि गाँजाको खेती गरेको भए सूचना दिएर प्रहरीलाई सहयोग गर्न पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जिल्लाबासीसंग अपिलनै गरेका छन् ।

 

Related posts

सिर्सिया नदीको प्रदुषण ७२ घण्टाभित्र नरोके आन्दोलन थाल्ने वीरगन्जका जेनजी युवाहरुको चेतावनी

MadhesKhabar

वीरगन्जकाे कृषि ओैजार कारखाना सञ्चालनकाे जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

MadhesKhabar

वीरगन्जमा आइपिएलकाे सट्टाबाजी खेलाउने गिराेह पक्राउ

MadhesKhabar

Leave a Comment