Madhes Khabar
प्रविधि

दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी

काठमाडौं ,२७कार्तिकः नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।सरकारको उक्त निर्णय लगत्तै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको हो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने, ‘हामीले टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’ साभारः अनलाइनखबरबाट

Related posts

चन्द्रयान र सूर्य मिसन पछि अब भारतको अबको मिसन समुद्रयान !

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

Leave a Comment