Madhes Khabar
मनोरञ्जन हेडलाइन

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं,२७कार्तिक:सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे ।

टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् ।

 

मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ।

Related posts

पर्सामा एक महिनामै प्रहरीद्वारा ३ कराेड भन्दा बढी मुल्यकाे तस्करीको सामान बरामद

MadhesKhabar

नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबीच उपचार सेवामा छुट दिने सम्झाैता

MadhesKhabar

जेनजी आन्दोलनमा भीमफेदी जेलबाट भागेका कैदी अमजत मियाँ २२ दिनपछि वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment