Madhes Khabar
राष्ट्रिय

पर्सा र चितवनमा २२ भन्दा बढी मान्छे मारेकाे `ध्रुवे हात्ती´लाई नियन्त्रणमा लिन टाेली परिचालन

ध्रुवे हात्ती।फाइल तस्बिर: कान्तिपुर

चितवन,२७कार्तिक: पर्सा र चितवनमा गरी २२ जना मान्छेको ज्यान लिएको ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे हात्ती चितवनकाे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ ।

ध्रुवे हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ । ‘हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ,’ उनले भने ।

ध्रुवे हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरी ‘डार्ट’ गर्ने उनले बताए । यसका लागि खुला ठाउँ वा फराकिलो बाटोमा भएको हुनुपर्छ । योसँगै ‘स्याटेलाइट कलर’ जडान गरिने उनले जानकारी दिए । कलर जडान गरेसँगै हात्तीले गरेका गतिविधिको बारेमा जानकारी लिन सकिन्छ । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । ध्रुवे हात्तीले हरेक वर्ष बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिँदै आएको छ । यसले हालसम्म २२भन्दा बढीको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ ।-रासस

Related posts

सरकार र दुर्गा प्रसाईं समूहबीच सहमति, नेपाल बन्द र आमहड्ताल फिर्ता

MadhesKhabar

काठमाडौं–निजगढ फास्ट ट्रयाक आयोजना प्रमुखलाइ कारबाही गर्न संसदीय समितिको निर्देशन

MadhesKhabar

मधेसखबर र रातोपाना अनलाइनमा मन्त्री यादव र मेयर सिंहलाइ सम्मान

MadhesKhabar

Leave a Comment