Madhes Khabar
राष्ट्रिय

धनगढी उपमहानगरमा गठबन्धन र एमालेलाइ हराउदै स्वतन्त्र उम्मेदवार हमाल विजयी

मधेसखबर
वीरगन्ज,०८जेठः
धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।
सत्तारुढ पाच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाइ हराउदै स्वतन्त्र उम्मेदवार हमाल मेयरमा विजयी भएका हुन् । हमालले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार एंव निवर्तमा मेयर नृप बहादुर वडलाई दोब्बर मतान्तरले पराजित गरेका हुन् ।
आँप चुनाव चिन्हबाट स्वतन्त्र चुनाव लडेका हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान मेयर वडले १४ हजार ८ सय १७ मत मात्रै प्राप्त गरेका छन् । हमाल र वड २०७४ को स्थानीय निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । त्यसबेला काँग्रेसका वडले हमाललाई २ हजार ७ सयको मतान्तरमा हराएका थिए । यसपटक हमालले वडलाई हमालले १२ हजार ४८ मतले हराएका हुन् ।
यस्तै धनगढी उपमहानगरको उपमयेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छन् । रानाले १५ हजार ४ सय ७९ मत प्राप्त गर्दै माओवादीकी शान्ती अधिकारीलाई पराजित गरेकी हुन् ।अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरेकी छन् ।

Related posts

काठमाडौं -तराइ फास्ट ट्रयाक ३ वर्षभित्रै सम्पन्न हुन्छ : मन्त्री ज्वाला

MadhesKhabar

चुनावको मिति घोषणा लगत्तै मतदाता नामावली संकलन स्थगित

MadhesKhabar

उपसभामुखमा रास्वपाकी रानामगर निर्वाचित

MadhesKhabar

Leave a Comment