Madhes Khabar
अन्तर्राष्ट्रिय

लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी हुदँँ २७ जनाको मृत्यु

फाइल फोटो ।

एजेन्सीः उत्तरी इरानमा शुक्रवार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको आगलागीमा कम्तीमा २७ जनाको ज्यान गएको त्यहाँको न्यायपालिकाले जनाएको छ ।

‘लङ्गारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको ज्यान गएको छ र १२ जनालाई अस्पताल पु¥याइएको छ’, तेहरानबाट उत्तरमा गिलान प्रान्तको लङ्गारुड सहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटले प्रान्तीय मुख्य न्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको छ ।

आगलागीको कारण तत्काल थाहा नभए पनि सादेघीले अनुसन्धान जारी रहेको बताउनुभयो । केन्द्रमा ४० जनासम्म अटाउन सक्ने मिजानले बताएको छ ।

स्थानीय आईएसएनए समाचार एजेन्सीले आगलागीको फुटेज सार्वजनिक गरेको छ जसमा रातिको समयमा आगोले आकाश उज्यालो भएको र धुवाँको मुस्लो देखिन्छ । अन्य तस्बिरमा आगो निभाएपछि व्यापक क्षति भएका स्थलहरू देखाइएको छ ।

अगस्टमा तेहरानको ग्र्यान्ड बजारमा आगलागी हुँदा कैयौँ पसल जले पनि कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै सन् २०१७ जनवरीमा तेहरानमा १५ तलाको प्लास्को शपिङ सेन्टरमा आगलागी हुँदा १६ अग्निशमनकर्तासहित कम्तीमा २२ जनाको ज्यान गएको थियो ।

Related posts

भारतको सर्वोच्च अदालतले भन्यो : नुपुर शर्माले राष्ट्रसंग माफी माग्नु पर्छ

MadhesKhabar

टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

MadhesKhabar

भारतले नेपाल सहितका मुलुकमा चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायाे

MadhesKhabar

Leave a Comment