Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जकाे रात्रीबजारले अर्थतन्त्रलाई चलायमान बनाउनमा याेगदान गरेकाे छ : मुख्यमन्त्री यादव

वीरगन्ज,१कार्तिक: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अर्थतन्त्रलाई चलायमान बनाउन वीरगन्ज महानगरपालिकाले आयोजना गरेको रात्रि बजार अन्तरगतको दशैं मेलाले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्।

वीरगन्ज महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, युवा उद्यमी मञ्च, ग्रिनसिटी सामुदायिक केन्द्र, हुमेन क्रिएशन, लगायतका एक दर्जन संघ संस्थाहरूको आयोजनामा वीरगन्जमा घटस्थापनाका दिनदेखि जारी रात्रि मेलाको मंगलबारराति अवलोकन गर्दै मुख्यमन्त्री यादवले विशेष गरी घरेलु उत्पादन, नेपाली हस्तकला, तराई मधेसका लोकप्रिय खाना लगायत दैनिक उपभोग्य वस्तु एकै ठाउँमा सस्तो मूल्यमा उपलब्ध गराउन महानगरपालिकाले आयोजना गरेको रात्रिकालीन दशैं मेला सम्भवतः मुलुकमै पहिलो चोटि आयोजना भएको बताए ।

उनले रात्रिकालीन दशैं मेलामा उपभोक्तासँगै साना व्यवसायीहरू बाढी लाभान्वित भएको बताउँदै वीरगन्ज महानगरपालिकाले आयोजना गर्दै आएको रात्रिकालीन बजारले दिनमा व्यस्त उपभोक्ताहरूलाई रातको समयमा शान्तिपूर्ण तरिकाले उपभोग्य सामानको खरिद गर्ने अवसर जुटाएको भन्दै महानगरकाे प्रशंसापनि गरे ।

त्यसअवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रात्रिकालीन बजारलाई महानगरले यस पटक रात्रिकालीन दशैं बजारको रुपमा रूपान्तरण गरेको बताउँदै आगामी दिनमा समेत रात्रिकालीन बजारलाई निरन्तरता दिइने बताए ।

रात्रिकालीन बजारले साना व्यवसायीहरू बढी लाभान्वित भएको बताउँदै उनले ठूला व्यवसायीले समेत मेलामा आफ्नो उत्पादनको बजारीकरण गर्न महत्वपूर्ण अवसर पाएकाे बताए।

रात्रिकालीन बजार तथा दशैं मेलामा वीरगन्जका साथै बारा, पर्सा र छिमेकी मुलुक भारतका उपभोक्ताहरूको सहभागिता रहने गरेको छ । साभार:रेडियाे नेपालबाट

Related posts

ठाकुरराम क्याम्पसको परिक्षाकेन्द्र फिर्ता ल्याउन संयुक्त पहल गर्ने सर्वपक्षीय बैठकको निर्णय

MadhesKhabar

काँग्रेसका ३२ समानुपातिक सांसदमा रुंगटा र मन्सुर परेनन्

MadhesKhabar

अयाेध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनका लागि वीरगन्जबाट भक्तालु तथा दर्शनार्थी प्रस्थान

MadhesKhabar

Leave a Comment