Madhes Khabar
स्थानिय

साहिब बाबाको अवतरण दिवसमा वीरगन्जमा वृक्षारोपण

वीरगन्ज,१२असाेज: साहिब बाबाको १ सय २३ औँ अवतरण दिवसको अवसरमा वीरगन्जमा वृक्षाराेपण गरिएको छ ।वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस पछाडी रहेको साहिब दरबारकाे जग्गामा विरुवा रोपिएको हो ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विरुवा रोप्दै वातावरण संरक्षणसँगै वीरगन्जलाई हराभरा बनाउनका लागि सबैले खाली ठाउँमा विरुवा रोप्नुपर्ने बताए । उनले आफ्नै कार्यकालमा महानगरलाई हराभरा र सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गर्दै महानगरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

साहिब बाबाको सन्देशलाई आत्मसाथ गर्नुपर्ने र समाजमा शान्त र भाइचारा बढाउनुपर्ने मेयर सिंहको भनाई छ । पछिल्लो समयमा धार्मिक साम्प्रदायिकता भड्काउने र उच्छृंखल गतिविधि बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले धार्मिक सहिष्णुता र सद्भावलाई कायम राख्नुपर्ने आवश्यक्ता औँल्याए ।

त्यसअवसरमा कटहर, निम्बु, मलेसियन, काउली बदाम, रोयल पाम लगायतका विभिन्न प्रजातीका विरुवा रोपिएको साहिब दरबार संस्थानका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । विरुवा रोपेर साहिब बाबाको अवतरण दिवस मनाइएको संस्थानका अध्यक्ष सहनीले बताए ।

कार्यक्रममा जसपाका नेता प्रेमबाबु पटेल, महिला नेतृ रमिता माया गुप्ता, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, प्रेरणा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्जलाई ‘हरित शहर’ बनाउने अभियान निरन्तर : हालसम्म १५ हजार बढी विरुवा रोपियो

MadhesKhabar

बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ६ जना घाइते

MadhesKhabar

वक्तृत्वकला प्रतियोगितामा विजयबस्ती माविका बजगाँई प्रथम

MadhesKhabar

Leave a Comment