
वीरगन्ज,७असाेज:पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर १ मा पर्ने चमरी पुलबाट प्रहरी ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ६४ वटा पाेकामा रहेकाे ३२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पर्साकै ठाेरी गाँउपालिका वडा नम्बर ४ विजयवस्तीका क्षेत्र बहादुर श्रेष्ठ रहेका छन् ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ माेटरिाइकलमा सवार भइ जाँदै गरेका श्रेष्ठलाई प्रहरीले चमरी पुलमा राेकेर चेकजाँच गरेकाे थियाे ।त्यसक्रममा श्रेष्ठ सवार माेटरिाइकलबाट ६४ वटा पोकामा रहेको लागुऔषध चरेस बरामद भएकाे प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।
पक्राउ परेका श्रेष्ठलाई चरेस र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।