Madhes Khabar
स्थानिय

पर्साकाे चमरी पुलबाट ६४ पाेका चरेससहित एक जना पक्राउ

फाइल फाेटाे

वीरगन्ज,७असाेज:पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर १ मा पर्ने चमरी पुलबाट प्रहरी ठूलो परिमाणमा लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ६४ वटा पाेकामा रहेकाे ३२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पर्साकै ठाेरी गाँउपालिका वडा नम्बर ४ विजयवस्तीका क्षेत्र बहादुर श्रेष्ठ रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ माेटरिाइकलमा सवार भइ जाँदै गरेका श्रेष्ठलाई प्रहरीले चमरी पुलमा राेकेर चेकजाँच गरेकाे थियाे ।त्यसक्रममा श्रेष्ठ सवार माेटरिाइकलबाट ६४ वटा पोकामा रहेको लागुऔषध चरेस बरामद भएकाे प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

पक्राउ परेका श्रेष्ठलाई चरेस र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्जमा अतिक्रमित जग्गा खोजि अभियान जारी, आज पनि ७ विघा जग्गाको अतिक्रमण हटाईयो

MadhesKhabar

पोखरिया बजारमा अतिक्रमण गरि बनाइएका संरचनाहरु डोजर लगाएर हटाउन शुरु

MadhesKhabar

सखुवा प्रसौनीले सीमान्तकृत समुदायका लागि थप नीति र कार्यविधी बनाएर काम गर्छ : अध्यक्ष यादव

MadhesKhabar

Leave a Comment