Madhes Khabar
स्थानिय हेडलाइन

बाराकाे निजगढमा बाेल्न नसक्ने ११ वर्षिया बालिका बलात्कृत , ६० वर्षिय बृद्ध पक्राउ

सांकेतिक फाेटाे

बारा,६असाेज: बारामा बोल्न नसक्ने ११ वर्षिया एक बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई जबरजस्ती करणी(बलात्कार ) गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्ध पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बाराकै निजगढ नगरपालिका वडा नम्बर १२ निवासी राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।

रातिकाे समयमा बलिका बलात्कृत भएकाे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले तत्कालै बालिकालाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याएको थियो ।

लुम्बालाई घटना भएकै रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related posts

रामनगरीमा नवनिर्मित सडकको सांसद रौनियारद्वारा उद्घाटन

MadhesKhabar

चिनी मिलले उखु खरिदमा सिण्डिकेट लगाएकाले आन्दोलनमा उत्रने मधेसका किसानहरुको चेतावनी

MadhesKhabar

पर्सा जिल्लामा यसवर्षको पहिलो कालाजारको बिरामी भेटियो

MadhesKhabar

Leave a Comment