Madhes Khabar
स्थानिय

जनताकाे गुनासो सुन्न मेयर सिंह गाउँमा

वीरगन्ज, ६ असोज:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गाउँगाउँ पुगेर स्थानीयसँग भेट गर्नुका साथै उनीहरुको गुनासो तत्काल सम्बोधन हुने गरि अभियान सुरु गरेका छन् ।

मेयर सिंहले हरेक दिन एक टोलमा पुगेर त्यहाँको समस्या सुन्नुका साथै गर्नु पर्ने कामका बारेमा स्थानीयसँग सुझाव लिन सुरु गरेका हुन् । वीरगन्जको विकास हुने गरि स्थानीयकै माग अनुसार विकास निर्माण तथा स्वास्थ्य शिक्षा जस्ता विषयमा रणनीति बनाउनुका साथै सल्लाह सुझाव अनुसार काम गर्न आफू गाउँगाउँमा पुग्न सुरु गरेको मेयर सिंहले बताए ।

शुक्रबार वीरगन्ज महानगरपालिका वडा नंबर २९ मुसैलीमा स्थानीयसँग भेट गर्दै मेयर सिंहले त्यहाँको समस्या सुन्नुका साथै स्थलगत रुपमा नै गाउँको अवलोकन गरि तत्काल स्थानीयको माग अनुसारको काम सुरु गर्न प्राविधिक टोलीलाई निर्देशन दिए ।

महानगरभित्रको ग्रामिण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उनले त्यसका लागि बजेट छुट्याएर काम अघि बढाएको बताए ।

मेयर सिंहसंग स्थानीयले मुसैली चोकदेखि उत्तर पूर्व सडकमा नाला निर्माण गर्न, सडक निर्माण गर्न, मन्दिर तथा स्वास्थ्य संस्थाको सेवा चुस्त पार्न आग्रह गरेका थिए ।

वडा नंबर २९ का वडा अध्यक्ष धर्मेन्द्र चौधरीले आफू वडाको विकासका लागि स्थानीयको राय बमोजिम अघि बढेको भन्दै त्यसका लागि मेयरलाई आफूले झकझकाउन नछाड्ने बताए ।

 

कार्यक्रममा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश आमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

Related posts

रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेकी बालिकाको पहिचान खुल्यो ,तर अवस्था अझै अज्ञात

MadhesKhabar

वीरगन्ज शहरमा ट्राफिक व्यवस्थापनका लागि ५ स्थानमा पार्किङ स्थल निर्धारण

MadhesKhabar

विद्यार्थीलाई आत्मनिर्भर बनाउन वीरगन्जमा रात्री साँस्कृतिक तथा खाना मेला

MadhesKhabar

Leave a Comment