Madhes Khabar
स्थानिय

लिपनीमालमा नवनिर्मित दलित धर्मशालाको साेनलले गरे उद्घाटन

बारा,३१भदाैं: बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा नवनिर्मित राम दलित धर्मशालाको उद्घाटन गरिएको छ।

लाेकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र साेनलले आइतबार उक्त धर्मशालाकाे उद्घाटन गरेका हुन् ।

प्रदेश सभा सदस्य साेनलकै संसदीय विकास काेषको रकमबाट राम दलित धर्मशालाको निर्माण गरिएको हो ।

पुर्व वडा अध्यक्ष अनिनल रामकाे अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता ,लोसपाका तर्फबाट परवानीपुर गाँउपालिकाकाे अध्यक्षका प्रत्यासी जगतनारायण महतो, वडा अध्यक्ष गम्भीरा पटेल, लाेसपा नेता महेन्द्र यादव,हमिद मिया , जिउत साह , प्रमोद यादव, उमादेवी राम , मुकेश रौनियार , चैत राम , श्याम राम, कृष्णा राम , शिव प्रसाद राम लगायतकाे उपस्थिति रहेकाे विनेश रामले जानकारी दिए।

Related posts

वीरगन्ज महानगरको न्यायिक समितिले ८ वर्षमा किनारा लगायो ३ सय ६६ उजुरी

MadhesKhabar

बाराको सिमराबाट ९ जना जुवाडे पक्राउ

MadhesKhabar

वीरगन्जकाे मिलनचाेकबाट घरेलु मदिरा बरामद

MadhesKhabar

Leave a Comment