Madhes Khabar
खेलकुद

एसिया कप क्रिकेट : बंगलादेशसंग भारतकाे लज्जास्पद हार

वीरगन्ज ,२९भदाैं: एसिया कप क्रिकेटमा भारतलाई हराउँदै बंगलादेशले सान्त्वना जित हात पारेको छ। सुपर फोरमा लगातार दुई खेलमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको बंगलादेशले शुक्रबार श्रीलंकाकाे कोलम्बोमा भएकाे खेलमा भारतलाई ६ रनले हराएकाे हाे।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९.५ बलमा २५९ रनमै अलआउट भएपछि खेल बंगलादेशले जितेकाे हाे।

अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन चाहिएको थियो भने एक विकेट बाँकी थियो। जसमा बंगलादेशका तान्जिम हसन सकिबले भारतका मोहमद सामीविरुद्ध पहिलो चार बलमा चार रन मात्र खर्चिए। पाँचौ बलमा सामी रनआउट भए।

त्यसअघि ४९ ओभरमा मुस्ताफिजुर रहमानले शार्दूल ठाकुरलाई ११ रन र अक्षर पटेललाई ४२ रन आउट गर्दा ५ रन दिएर २ विकेट लिएका थिए। जसका कारण खेल बंगलादेशको पक्षमा ढल्किएको थियो।

खेलमा भारतका लागि शुभमन गिलले १२१ रन जोडे पनि हारका कारण उनकाे शतक छाँयामा पर्‍यो। भारतका कप्तान रोहित शर्मा शून्य तथा तिलक बर्मा र केएल राहुल ५-५ रनमा आउट भएपछि भारत सुरुमै दबाबमा परेको थियो।

बलिङ तर्फ बंगलादेशका मुस्ताफिजुरले ३ विकेट लिँदा तान्जिम र मेहदी हसनले २-२ विकेट हात पारे।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २६५ रन बनाएको थियाे। बंगलादेशका लागि सकिब अल हसनले ८० रन जोडे भने मेहदी हसनले ५४ रन र नसुम अहमदले ४४ रनको योगदान दिए।

बलिङमा भारतका शार्दूल ठाकुरले ३ विकेट लिँदा सामीले २ विकेट हात पारे।

यससँगै एसिया कपको सुपर फोरका खेल सकिएका छन्।एसिया कपको फाइनलमा आइतबार आयोजक श्रीलंका र भारतबीच खेल हुनेछ।

Related posts

साफ यु-१९ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

MadhesKhabar

स्पट फिक्सिङमा पक्राउ परेका वीरगन्जका गुप्ता भन्छन् : हिट विकेटको प्रस्ताव गर्दा गाली खाएँ

MadhesKhabar

“खेली मधेस, जिती मधेस” भन्ने नाराका साथ पर्सा जिल्ला खेलकुद विकास समितिको प्रथम वार्षिक उत्सव

MadhesKhabar

Leave a Comment