Madhes Khabar
स्थानिय

वीरगन्जकाे बाल सुधार गृह तनावग्रस्त , विस्तृत विवरण आउन बाँकी

वीरगन्ज ,२६भदाैं : वीरगन्जको वीर्तास्थित बाल सुधार गृह मंगलबार  राति ८ बजेदेखि नै तनावग्रस्त बनेकाे छ । सुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधारगृह भित्र ताेडफाेड गर्नुका साथै बाहिर रहेका प्रहरीमाथ समेत ढुङ्गामुढा गरिरहेकाले त्यहाँकाे स्थिति तनावग्रस्त बनेकाे हाे ।
सुधार गृहभित्रबाट बाल कैदीबन्दीले हानेकाे ढुङ्गाले लागेर एक महिला प्रहरी घाइते भएकी छन् । स्थिति नियन्त्रणमा लिन पर्साका प्रहरी उपरीक्षक काेमल शाहकाे नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठुलाे संख्यामा परिचालन गरिएपनि स्थिति नियन्त्रणमा आउन सकेकाे छैन । भित्रबाट बाल कैदीबन्दीहरुले हाेहल्ला गर्दै बाहिर रहेका प्रहरीमाथि ढुङ्गामुढा गरि नै रहेका छन् ।जसका कारण प्रहरी सुधारगृह भित्र प्रवेश गर्न सकेकाे छैन।
बाल सुधार गृहका प्रमुख टिका काफलेका अनुसार, केहिदिन पहिले भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाएका २३ जना बाल कैदीबन्दीलाई वीरगन्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियाे । तर उनिहरुले यहाँ नबस्ने भन्दै विराेध जनाउँदै आएका थिए। उनिहरुकै उक्साहटमा गृहमा रहेका अन्य बाल कैदीबन्दीहरुले मंगलबार राति ८ बजेदेखि उत्पात मच्चाएकाे बताइएकाे छ ।
वीरगन्जको बाल सुधार गृहमा हाल १३४ बाल कैदीबन्दीहरु छन् ।
राति १०.४५ बजेसम्म पनि स्थिति तनावग्रस्त नै रहेकाले घटनाकाे कारण र विस्तृत विवरण भने प्रहरी अहिले सम्म जानकारी गराएकाे छैन ।

Related posts

सरावगीको पहलमा लोसपाका वडा अध्यक्ष साह एमालेमा प्रवेश

MadhesKhabar

पटेर्वा सुगाैलीकाे चापी टाेलमा हात्तीकाे उपद्राेले स्थानीयबासी आतंकित

MadhesKhabar

वीरगन्जमा सेनाको विशेष ‘सर्च’ अभियान, द्वन्द्व फैलाउन खोज्ने ३ जना बमसहित पक्राउ

MadhesKhabar

Leave a Comment