Madhes Khabar
राष्ट्रिय

एमालेले तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने, पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं,२६ भदौं : नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने भएको छ । बैठकले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने पनि निर्णय गरेको सचिव भट्टराईले जानकारी दिए ।

Related posts

वीरगन्ज हेल्थ केयर हस्पिटलका सन्चालक डाक्टर अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित हुदै

MadhesKhabar

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

MadhesKhabar

बारामा काँग्रेस कार्यकर्ताको कुटाइबाट जसपाका कार्यकर्ता गम्भिर घाइते

MadhesKhabar

Leave a Comment