Madhes Khabar
धर्म/संस्कृति

पर्सागढीमा नवनिर्मित राधाकृष्ण मन्दिरकाे सांसद चाैरसियाले गरे उद्घाटन

वीरगन्ज ,२०भदाैं: पर्साकाे पर्सागढी नगरपालिका वडा नम्बर ३ मा नवनिर्मित राधाकृष्ण मन्दिरमा बुधबार प्राण प्रतिष्ठा स्थापना गर्नुका साथै मन्दिरकाे समुद्घाटनपनि गरिएकाे छ ।

बुधबार श्रीकृष्ण जन्माष्टमीका दिन पर्सा क्षेत्र नम्बर २ का सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चाैरसियाले नवनिर्मित मन्दिरकाे समुद्घाटन गरेका हुन् ।त्यस अवसरमा केन्द्रीय सदस्य चाैरसियाले भगवान श्रीकृष्णकाे जन्मदिनकै दिन राधाकृष्ण मन्दिरकाे समुद्घाटन गर्न पाउँदा खुशी लागेकाे बताए ।उनले क्षेत्र नम्बर २ को विकासका लागि विभिन्न परियोजनामा काम गरिरहेकोपनि बताए।

बुधबार समुद्घाटन गरिएकाे मन्दिर पर्सा क्षेत्र नंबर २(१) का प्रदेश सभा सदस्य श्याम पटेलकाे संसदिय विकास काेषकाे १५ लाख र अन्य चन्दा दाताहरुकाे सहयाेगमा निर्माण गरिएकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भु कुवँरले जानकारी दिए।

कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल,पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक,बहुदरमाई नगरपालिकाका पुर्वमेयर नितेन्द्र साह,पर्सागढी नगरपालिकाका पुर्वमेयर लाेकनरायण यादव, कांग्रेस पर्साका सह-सचिव मदन यादव, क्षेत्रीय सभापति माेहम्मद साहबुद्दिन,बैकुण्ठ श्रीवास्तव लगायतकाेपनि उपस्थिति थियाे।

Related posts

गौ हत्याको विरोध गर्दा वीरगन्जबाट पक्राउ परेका हिन्दुवादी युवाहरु रिहा

MadhesKhabar

वीरगन्जमा हिन्दुको मानमर्दन हुने गरि अभिव्यक्ति दिनेलाई कारबाही गर्न विश्व हिन्दु परिषदको माग

MadhesKhabar

वीरगन्जको रामजानकी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन सदनमा आवाज उठाउँछु : प्रदीप यादव

MadhesKhabar

Leave a Comment