Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा हिन्दुको मानमर्दन हुने गरि अभिव्यक्ति दिनेलाई कारबाही गर्न विश्व हिन्दु परिषदको माग

वीरगन्ज,४कार्तिकःहिन्दु धर्मको मानमर्दन हुने गरी सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिनेलाई कारबाही गर्न विश्व हिन्दु परिषद नेपालले माग गरेको छ ।

वीरगन्जमा केहिदिन पहिले आयोजित नेपाल मुस्लिम संघ पर्साको कार्यक्रममा जफर अन्सारीले वीरगन्जमा निकालिने हिन्दू धार्मिक र्याली र रथयात्रालाई अराजक भनेकोले उनलाई कारबाहीको माग गर्दै हिन्दु परिषद पर्साका अध्यक्ष ब्रिजेश कुमार मल्लिकले कारबाहीको माग गर्दै आइबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्रपनि बुझाएका छन् ।

जफर अन्सारीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपमानजनक र असहिष्णु रहेको भन्दै विश्व हिन्दु परिषदले यसले समाजमा धार्मिक वैमनस्यता, द्वन्द्व, र विखण्डन ल्याउने खतरा रहेकाले त्यस्ता अभिव्यक्ति दिने व्यक्तिविरुद्ध कानुनी कारबाही गर्न माग गरेकोे छ । कारबाही नगरिए सम्पूर्ण हिन्दू समाज एकत्रित भई आन्दोलनमा उत्रिने चेतावनीसमेत परिषदले दिएको छ ।

Related posts

पर्साको पटेर्वासुगौलीमा मधेस प्रदेशकै पहिलो ‘थारु संग्राहलय’ बन्दै

MadhesKhabar

जिउतियाका व्रतालुले सुरु गरे निर्जला उपवास

MadhesKhabar

सत्य साई बाबाको जन्मोत्सवमा वीरगन्जमा निकालियो शोभा यात्रा

MadhesKhabar

Leave a Comment