रसुवा, ३ भदौं : रसुवामा २ किलो सुनसहित दुई जना प्रकाउ परेका छन् । शनिबार साँझ ५ बजे प्रहरीले टिमुरेबाट सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ पोखरीका २४ वर्षका सुदीप शेर्पालाई दुई किलो सुनसहित सुरुमा पक्राउ गरेकोमा उनले दिएको बयानका आधारमा गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे बस्ने फुसाङ्वु शेपालाईपनि पक्राउ गरेको हो ।
पैदल हिडेर आइरहेका सुदीपले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए। बयानका क्रममा सुदीपले उक्त सुन फुसाङ्वुले आफूलाई दिएको बताएका थिए ।
बरामद सुनसहित दुबै जनालाई अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको प्रहरी नायब उपरीक्षक ज्योतिराम केसीले जानकारी दिए ।

