Madhes Khabar
वाग्मती प्रदेश

२ किलो सुनसहित २ जना पक्राउ

रसुवा, ३ भदौं : रसुवामा २ किलो सुनसहित दुई जना प्रकाउ परेका छन् । शनिबार साँझ ५ बजे प्रहरीले टिमुरेबाट सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ पोखरीका २४ वर्षका सुदीप शेर्पालाई दुई किलो सुनसहित सुरुमा पक्राउ गरेकोमा उनले दिएको बयानका आधारमा गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे बस्ने फुसाङ्वु शेपालाईपनि पक्राउ गरेको हो ।

पैदल हिडेर आइरहेका सुदीपले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए। बयानका क्रममा सुदीपले उक्त सुन फुसाङ्वुले आफूलाई दिएको बताएका थिए ।

बरामद सुनसहित दुबै जनालाई अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय ललितपुर पठाइएको प्रहरी नायब उपरीक्षक ज्योतिराम केसीले जानकारी दिए ।

 

 

Related posts

काठमाडौंमा साढे १९ केजी सुन सहित एक जना पक्राउ

MadhesKhabar

चामलको बोराभित्र लागु औषधको तस्करी, मुखियासहित दुई जना पक्राउ

MadhesKhabar

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवामगन रोकिने

MadhesKhabar

Leave a Comment