Madhes Khabar
मधेस प्रदेश

सर्लाहीको लखनदेई पुलमुनि भेटियो एक युवकको टाउको

सर्लाही, २५ साउन : सर्लाहीमा हत्या गरिएको अवस्थामा एक युवकको टाउको मात्रै फेला परेको छ।बिहीबार बिहान साढे ८ बजे हरिवन नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको लखनदेई पुलमुनि एक युवकको टाउको फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

अन्दाजी २२ वर्षीय ती मृतक युवकको पहिचान खुलेको छैन। प्रहरीले खोलामा शरीर खोजिरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए। उनका अनुसार धारिलो हतियार प्रयोग गरी टाउको काटिएको अवस्थामा भेटिएको हो।

तर कसैले कतै हत्या गरी फ्याँकेको हो वा अन्तै फ्याँकेर खोलाले बगाएर त्यहाँ पु¥याएको हो भन्नेबारे अनुसन्धान गरिरहेको उनले बताए।सिन्धुली, मकवानपुरलगायत जिल्लाबाट बगाएर ल्याएको हुनसक्ने पनि प्रहरीको अनुमान छ।

‘तलको भाग कता छ भन्ने खुलिसकेको छैन। खोलामा शरीर खोजिरहेका छौं। टाउको हिलोमा पनि परेको छ। हिजोसम्म बाढी थियो। आज बाढी सुकेको हुनाले कतैबाट बगाएको हो कि भनेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘कसैले हत्या गरेर यहीँ ल्याएर पनि फ्याँकेको हुनसक्छ। हामीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौं।’

 

Related posts

जनकपुरका नवनिर्वाचित मेयर मनोजको विजय जुलुशमा काँग्रेसका मन्त्री र नेताहरु सहभागी

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

मधेस सरकारको अर्को भ्रष्टचार : वीरगन्जका पोखरी सौन्दर्यकरणमा करोडौ खर्च तर काम अधुरै

MadhesKhabar

Leave a Comment