Madhes Khabar
मधेस प्रदेश

बागमती नदीमा नुहाउने क्रममा डुबेर राैतहटका २ बालकको मृत्यु

सांकेतिक तस्बिर ।

रौतहट,१४असार: रौतहटको गढीमाई नगरपालिका-१ को बागमती नदीमा नुहाउने क्रममा आइतबार २ बालकको डुबेर मृत्यु भएको छ।

स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

समनपुर–हरैया घाटमा दिउँसो करिब ३ बजे नुहाइरहेका बेला अचानक नदीमा डुबेर उनीहरूको मृत्यु भएको उनले जानकारी दिए।

Related posts

राष्ट्रपतिको कदम विरुद्ध सिके राउतको पार्टी पनि आन्दोलनमा

MadhesKhabar

मधेसमा कठ्याङ्ग्रिँदो चिसो, सकेसम्म घरबाहिर ननिस्कन सुझाव

MadhesKhabar

सहकारीबाट लिएकाे ऋणकाे किस्ता तिर्न नसक्दा आत्महत्या

MadhesKhabar

Leave a Comment