वीरगन्ज ,२४साउन : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा पर्साबाट मनोनित भएका ९ जनामध्ये साबिर हुसेनले नेविसंघको केन्द्रीय सदस्य अस्वीकार गर्दै राजिनामा दिएका छन् ।
नेपाली विद्यार्थी संघ पर्साका पुर्व उपाध्यक्ष समेत रहेका हुसैनले नेविसंघको विधान विपरीत केन्द्रीय सदस्यमा आफुलाई मनाेनित गरिएको भन्दै राजिनामा दिएका हुन् । नेविसंघको विधानमा ३२ वर्षकाे उमेरहद ताेकिएकाेमा आफ्नो उमेर त्याे भन्दा बढी रहेकाले उमेरहदका कारण आफुले उक्त पद अस्वीकार गरेकाे हुसैनले राजिनामापत्रमा जनाएका छन् ।
गत साेमबार कांग्रेस सभापति शेर बहादुर देउवाले पर्साबाट हुसैनसहित ९ जनालाई नेविसंघको केन्द्रिय समिति सदस्यमा मनोनित भएका थिए ।
पर्साबाट नेविसंघको केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा हुसैनसंगै मुनराज तिवारी, विकेश पटेल,सुरेन्द्र लामिछाने , राजेश पटेल,सुदिप साह, नेहा मिश्र, युसुप अहमद र त्रिलोक्य साह रहेका थिए ।


