Madhes Khabar
मधेस प्रदेश

बाढीले बगाएर धनुषामा एककाे मृत्युु ,दुई जना बेपत्ता

जनकपुरधाम,२३साउन: खाेलामा आएको बाढीमा बगेर धनुषामा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपता भएका छन् ।

मंगलबार दिउँसो खोला तर्न खोज्दा बाढीले बगाएर एक जनाको मृत्यु भएको र बाढीमा आएको दाउरा संकलन गर्न गएका एक दम्पती बेपता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बिक्रम साहले बताए ।

बसही खोलामा आएको बाढीमा बगेर मिथिला नगरपालिका–१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको हाे । उनलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक साहले बताए ।

यसैगरि धनुषामै पर्ने कमलानदीमा बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा कमला ब्यारेज नजिकबाट श्रीमान्‌/श्रीमती बेपता भएका छन् । गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी पत्नी ३० वर्षीया माया परियार बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Related posts

सर्लाहीमा कबाडी गोदामको खाली जमिनमुनि गाडेर राखिएको ५३ राउण्ड गोली बरामद

MadhesKhabar

मधेस प्रदेशमा नेपाल प्रहरीको जागीर छाड्नेहरुको संख्या बढ्दो

MadhesKhabar

महोत्तरीको जलेश्वरका मेयर सोनार र उपमेयर खातुनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment