काठमाडौं, १९ साउन : सरकारले यो वर्ष १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल विदेशबाट आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिनका लागि १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल आयात गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिए ।
भारतले हालै चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूर्ण रुपमा हुन नसकेको जस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले धान र चामल आयात गर्ने निर्णय गरेको विभागले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो । त्यस्तै सरकारले ५० हजार टन चिनी निर्यात गर्ने निर्णय पनि गरेको छ । बजारको आपूर्ति व्यवस्थालाई सहज बनाइ महँगी नियन्त्रणका लागि आपूर्तिको निर्णय भएको ठाकुरले बताए ।साभार : इकान्तिपुर