
वीरगन्ज, ८ साउन : संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले सोमबार वीरगन्ज १४ पिपरास्थित पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्दै भगवान शीवलाई जल समेत चढाएका छन् ।पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य समेत रहेका रिजालले सोमबार बिहान चिनीमिल परिसरमा रहेको पशुपपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् ।
पूजाअर्चनापछि स्थानीयसंग कुरा गर्दै मन्त्री रिजालले पशुपतिनाथ मन्दरको संरक्षण र विकासका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतापनि जनाए । उनले वीरगन्जको एक धार्मिक धरोहरका रुपमा रहेको पशुपतिनाथ मन्दिरको पछिल्लो समय देशभरि मात्र नभइ छिमेकी मुलुक भारतमा पनि चर्चा बढ्दै गएको भन्दै खुशीपनि व्यक्त गरे ।

त्यसअववसरमा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वरिष्ठ पत्रकार चन्द्रकिशोर ,कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ ,जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव , उद्योगी अशोक बैद्य लगायतकोपनि उपस्थिती थियो ।
उक्त मन्दिरमै सोमबार नै बिहान पूर्व वनमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य प्रदीप यादवले पनि पूजाअर्चना गरेका थिए ।
वीरगन्ज चिनी मिल परिसरमा वर्षौदेखि रहेको पशुपतिनाथ मन्दिरको संरक्षण र सौन्दर्यकरण वीरगन्ज महानगरपालिकाले गरेपछि उक्त मन्दिरममा पछिल्लो समय पूजापाठ र दर्शन गर्नेहरुको संख्या बढ्दै गएको छ । मन्दिर परिमा साउन महिनाभरका लागि मेला लागेको छ भने हरेक सोमबार काँवर यात्रा निकालेर जल चढाउनेपनि गरिएको छ ।

