Madhes Khabar
स्थानिय हेडलाइन

सार्वजनिक गाडीमा विद्यार्थीले ४५ प्रतिशत छुट पाउने नियम लागू गराउन माग गर्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज ,६असार: पुर्वमन्त्री एंव सांसद प्रभु साह नेतृत्वको आम जनता पार्टी निकटकाे आम विद्यार्थी माेर्चाले सार्वजनिक यातायातकाे सवारीसाधनकाे भाडामा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ ।

आम विद्यार्थी माेर्चाका पर्सा अध्यक्ष विवेक साहकाे नेतृत्वमा बुधबार वीरगन्जको नयाँ बसपार्कबाट जुलुश निकालेर जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेकाे टाेलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको हाे ।

ज्ञापनपत्र मार्फत आम विद्यार्थी माेर्चाले सार्वजनिक यातायातकाे सवारीसाधनमा यात्रा गर्दा विद्यार्थीलाई भाडामा ४५ प्रतिशत छुट दिने नेपाल सरकारकाे नियम नै भएपनि वीरगन्जबाट ग्रामीण भेगका रुटमा चल्ने कुनैपनि सवारीसाधनले उक्त नियमकाे पालना नगरेकाे उल्लेख छ ।जसका कारण पर्सा र बाराको ग्रामीण भेगबाट वीरगन्ज पढ्न आउने विद्यार्थीले उक्त छुट नपाएकाेले सार्वजनिक यातायातका सवारीसाधनमा उक्त नियम लागू गराईदिन विद्यार्थी माेर्चाले स्थानीय प्रशासनसंग माग गरेकाे अध्यक्ष साहले बताए ।


ज्ञापनपत्र बुझ्दै प्रजिअ रेग्मीले यश बारेमा सम्बन्धित निकाय र सराेकारवालाकाे ध्यानाकर्षण गराएर सरकारकाे उक्त नियम लागू गराउन पहल गर्ने आश्वासन दिएकाे अध्यक्ष साहले जानकारी दिए ।

Related posts

वडासदस्यको निधन भएको शोकमा बिहीबार वीरगन्ज महानगरपालिका बन्द रहने

MadhesKhabar

३० वर्षपछि वीरगन्ज शहरको मुख्य नाला सफाई गर्दै महानगर

MadhesKhabar

वीरगन्जको बाल सुधार गृहमा तनाव जारी : अहिलेसम्म पनि प्रहरी भित्र छिर्न सकेन

MadhesKhabar

Leave a Comment