
वीरगन्ज,५ असार : महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ मा मंगलबारदेखि ब्युटिसियन तालिम सञ्चालन गरिएको छ ।
पोखरिया नगरपालिका वडा नम्बर ७ को वडा स्तरीय योजनाको बजेटबाट महिलाहरुका लागि १८ दिने व्युटिसियष्न तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन पोखरिया नगरपालिकाकाकी उपमेयर रुबी कुमारी ठाकुरले गरिन् ।आफनो वडामा रहेका महिला र युवतीहरुलाई सिप सिकाई स्वरोजगार बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष प्रमानन्द पटेलले बताए ।
पटेलकै अध्यक्षता तथा उपमेयर ठाकुरको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन कार्यक्रममा पोखरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय कुमार झा,सामाजिक विकास शाखाका नरेन्द्र साह कानु लगायतको पनि उपस्थिती थियो ।

